काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिता लक्ष्यित गर्दै २० जना नेपाली क्रिकेट खेलाडी भारतमा विशेष प्रशिक्षण लिने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, काठमाडौंस्थित भारतीय दूतावासको पहल र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को सहयोगमा उक्त खेलाडीहरूलाई बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा प्रशिक्षणका लागि पठाइनेछ। क्यानले…