काठमाडौं। काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न भएको खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई पराजित गरेको छ । ललितपुरका लागि यो लगातार दोस्रो जित हो । मङ्गलवार राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको थियो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले सुरुका लगातार दुई सेट जितेको थियो। तर तेस्रो सेट…