७ कार्तिक २०८३, शनिबार । October 24, 2026

रक्षाबन्धन र जनै पूर्णिमा : सुरक्षा, श्रद्धा र संस्कारको पर्व आज देशभर मनाइँदै


२४ श्रावण २०८२, शनिबार  

9
Shares

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर विधिपूर्वक मनाइँदैछ।

वैदिक सनातन धर्मअनुसार बिहानै नदी, पोखरी, ताल वा कुण्डमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने र तागाधारी समुदायले नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वास अनुसार गुरु पुरोहितले मन्त्रसहित बाँधिदिएको डोरो (रक्षासूत्र) ले नकारात्मक शक्तिबाट सुरक्षा मिल्छ।

पौराणिक कथाअनुसार सत्ययुगमा दानवराज बलीलाई बाँधेर देवगणको रक्षा गरिएको प्रसंग नै आजको रक्षाबन्धन संस्कारको मूल आधार मानिन्छ। यस क्रममा उच्चारण गरिने मन्त्र — “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” — वैदिक परम्परामा आजसम्म जीवित छ।

जनै फेर्ने संस्कार
यसै दिन ब्राह्मण, क्षत्रिय र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेर्ने विधि छ। श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेर चोखोनीतोमा बस्ने, कपाल मुण्डन गर्ने र पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्ने परम्परा छ। स्नानपश्चात् ऋषिहरुलाई तर्पण गरेर वैदिक विधिबाट नयाँ यज्ञोपवीत धारण गरिन्छ।

आठ ऋषिको पूजा र तर्पण हुने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ। पशुपतिनाथ, अशोकविनायक, वाग्मती किनारलगायत देशभरका मठ–मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा
जनै पूर्णिमामा एघार प्रकारका गेडागुडी मिसाएर तयार पारिने क्वाँटी खाने परम्परा छ। धार्मिक तथा आयुर्वेदिक मान्यता अनुसार क्वाँटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरको चिसो हटाउने र पाचन प्रणाली सुधार गर्ने विश्वास छ।

तराईमा राखी संस्कार
तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने चलन छ, जसले आपसी प्रेम र सम्बन्ध मजबुत बनाउने मान्यता छ। हाल यो परम्परा पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।

धार्मिक मेलाहरू
मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, दानसाधु र त्रिवेणीधामलगायतका तीर्थस्थलमा आज बिहानैदेखि विशेष मेला लाग्ने गरेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि