२९ चैत्र २०८२, आइतबार । April 12, 2026

ओलीलाई भण्डारीको काउन्टरः ४५ बर्षको समर्पणलाई यसरी रोक्न पाईँदैन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको ४५ वर्षे समर्पित सदस्य रहेको बताउँदै, पार्टी सदस्यताको नवीकरणमा लगाइएको रोक अस्वीकार्य भएको स्पष्ट पारेकी छन्। नेकपा एमालेको केन्द्रीय समितिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णयसहित पार्टी सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि, पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिँदै उनले कडा असन्तुष्टि जनाएकी हुन्। पत्रकार सम्मेलनमार्फत बोल्दै भण्डारीले…