काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेल आज साँझ हुँदैछ, जहाँ नेपाल र आयोजक तथा साविक विजेता बंगलादेशबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। यही खेलमार्फत प्रतियोगिताको च्याम्पियनको टुंगो लाग्नेछ। हाल बंगलादेश शीर्ष स्थानमा सहज स्थितिमा रहँदै फाइनलमा उत्रँदैछ। पाँचवटै खेल जितेर…