काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली समयअनुसार आज बिहान पौने ११ बजे नेपाल श्रीलंकाविरुद्ध मैदानमा उत्रनेछ । १४-२३ मंसिरसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । आज श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेल १६ मंसिरमा…