काठमाडौं । भारतीय क्रिकेट शिखर धवनकै कारण जारी एनपीएलमा सबैभन्दा बढी चर्चा पाएको कर्णाली याक्सले शुक्रबार आफ्नो तेस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे हुने खेलमा कर्णालीले चितवन राइनोजको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय व्यहोरेको कर्णालीले आफ्नो दोस्रो खेलमा पनि अपेक्षाकृत नतिजा हात पार्न सकेन ।…