३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः चितवनको धमाकेदार दोस्रो जित, पोखराको खराब सुरुवात


१८ मंसिर २०८१, मंगलबार  

756
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनले पोखरामाथि ८७ रनको प्रभावशाली जित दर्ता गर्यो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै ओभरमा तीन तीन विकेट लिएपछि पोखराको ब्याटिङ धराशायी बनेको थियो ।

क्याप्टेन कुशल भुर्तेल र बास डी लिड गोल्डेन डकआउट भए भने भिचेल लिस्कले पनि खातै खोल्न पाएनन् । दिलिप नाथ चार रनमा आउट हुँदा निदेश खरेल, किरण ठगुन्ना र रेमन रेइफरले एकएक रन जोडे ।

यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ