काठमाडौं । पाकिस्तानको मुलतान क्रिकेट मैदानमा भइरहेको दृश्टिविहिन टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा ९४ रन बनाउन सफल भएको थियो । नेपालबाट ९५ रनको लक्ष्य पाएको पाकिस्तान अबको केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।