१७ चैत्र २०८२, मंगलबार । March 31, 2026

एनपीएल विशेषः टस जितेर काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्दै चितवन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। यससँगै करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । खेल ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।