काठमाडौं । कञ्चनपुरका विपिन जोशीको खोज र रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका छन्। इजरायल सरकारले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रसंघसम्म मुद्दा लैजान आमा–छोरीलाई निम्त्याएपछि उनीहरू इजरायल प्रस्थान गरेका थिए। तेलअविवस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको स्वागत इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित,…