३० आश्विन २०८३, शुक्रबार । October 17, 2026

पश्चिम नेपालतर्फ मनसुन सक्रिय, भारी वर्षाको सम्भावना !सतर्कता अपनाउन अनुरोध


२९ श्रावण २०८२, बिहिबार  

21
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल पश्चिमी नेपालका तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतर्फ सक्रिय भएकाले आगामी २४ घण्टामा पूर्वी भूभागको तुलनामा पश्चिमी नेपालमा मनसुनको प्रभाव बढी रहने अनुमान गरिएको छ।

यसको असरस्वरूप हाल देशभर आकाश पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा र अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने प्रक्षेपण गरिएको छ।

आज राति पनि देशको अधिकांश पहाडी भूभागमा बदली रहिरहनेछ। गण्डकीको पहाड तथा तराई, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रका केही स्थानमा र मधेससहितका अन्य पहाडी–तराई क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहने महाशाखाले चेतावनी दिएको छ। सहरी तथा तराई क्षेत्रका बासिन्दालाई डुबानको जोखिमका कारण आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि