८ कार्तिक २०८३, आइतबार । October 25, 2026

सेयर बजार १० अंकभन्दा बढीले घट्यो, कारोबार ६ अर्ब नाघ्यो


२८ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । सातामा तेस्रो दिन शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से सूचक १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ। आजको कुल कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा मिश्रित अवस्था देखियो—१३ मध्ये ४ समूहमा वृद्धि र ९ समूहमा गिरावट आएको छ।

सबैभन्दा धेरै ट्रेडिङ समूह १.५० प्रतिशतले घटेको छ, जबकि अन्य समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। कम्पनीगत रूपमा, मायाखोला हाइड्रोपावर ५.७४ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो भने कुमारी बैंकको डिबेञ्चर २०८६ ९.४८ प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावटमा पर्‍यो।

कारोबार रकमको हिसाबले बलेफी हाइड्रोपावर ३४ करोड रुपैयाँको सेयर कारोबारसहित अग्रस्थानमा रह्यो।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि