२९ चैत्र २०८२, आइतबार । April 12, 2026

एनपीएल अक्सनः अर्जुन साउदलाई चितवन राइनोजले १५ लाखमा किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिमका क्रिकेटर अर्जुन साउद चितवन राइनोजको जर्सीमा देखिने भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत चितवनले उनलाई टोलीमा सामेल गराएको हो। ‘ए’ श्रेणीमा रहेका अर्जुनका लागि चितवनले अधिकतम मूल्य १५ लाख रूपैयाँ खर्च गर्नुपर्‍यो। उनीप्रति कर्णाली याक्स र विराटनगर किङ्सले पनि चासो देखाए तर गोला प्रथामार्फत अन्ततः…