काठमाडौं । दसैँ तिहार लगायतका चाडपर्वमा यात्रु सहज र सुरक्षित रुपमा घर फर्किन सकून भन्ने उदेश्यले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवालाहरूबीच भएको विशेष बैठकले ६ बुँदे निर्णय गरेको छ । उक्त बैठकले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको यात्रा सुरक्षित, सहज र प्रभावकारी बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित सम्बन्धित संस्थालाई आवश्यक सहयोग गर्न अनुरोध…