२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वमा अघि बढाउन मेयर बालेनको समर्थन


२५ भदौ २०८२, बुधबार  

9
Shares

काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सार्ने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन्।

जेनजीका प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देल समक्ष औपचारिक रूपमा प्रस्ताव गरेका थिए। सो प्रस्तावमा मेयर बालेनले समेत सहमति जनाएका हुन्।

जेनजी समूहका अनुसार संवेदनशील परिस्थितिमा देशको नेतृत्व गर्नसक्ने व्यक्ति इमानदार, कानुन र विधिको पक्षधर, तथा स्पष्ट छविको हुनु आवश्यक देखिएकोले कार्कीको नाम अघि सारिएको हो।

बुधबार दिउँसो जेनजी युवाहरूले कार्कीको नाम प्रस्तुत गरे पनि त्यसै बेलादेखि जंगी अड्डाबाहिर केही युवाहरूले विरोधस्वरूप नाराबाजी सुरु गरेका थिए। कतिपयले मेयर बालेन शाहसहितका अन्य नामहरू पनि सार्वजनिक रुपमा लिँदै आएका छन्।

यसअघि मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत बालेनले जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए। त्यसपछि बुधबार बिहान जेनजी प्रतिनिधिहरू जंगी अड्डा पुगेका थिए। तर, छलफलमा सहभागी युवाको संख्या १५ भन्दा बढी भएपछि सेना प्रमुख सिग्देलले ‘पहिले आपसमा सहमति गरेर संयोजक तोकेर आउन’ आग्रह गरेका थिए।

त्यसपछि अड्डाकै एउटा कोठामा युवाहरूबीच आन्तरिक बैठक बसेको थियो। सो क्रममा केहीले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि एउटा समूह बैठकबाट बाहिरिएको बताइएको छ। अन्ततः छलफलको निष्कर्षमा सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ