३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

सिंहदरबार छिरे जेनजी, संसद भवन पनि कब्जामा


२४ भाद्र २०८२, मंगलबार  

3
Shares

काठमाडौं । मंगलबार बिहानैदेखि राजधानीमा प्रदर्शनलाई तीव्र बनाएका जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेका छन्।

उनीहरू प्रहरीको रोकथाम तोड्दै मुख्य गेटबाटै प्रवेश गरेका हुन्। सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार झन् आक्रामक बनेको छ। काठमाडौं मात्र नभई देशका अन्य प्रमुख शहरहरूमा पनि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमाथि ढुंगामुढा गर्ने कार्य निरन्तर जारी राखेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन भए पनि प्रदर्शन अझै शान्त भएको छैन। मन्त्रीहरूलाई सुरक्षाको उच्च खतरा देखिँदा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ सारिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली