२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’, सोफी धरेलको डेब्यू



काठमाडौं । चर्चित अभिनेता सौगात मल्लको शीर्ष भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको छ ।

अस्त्र फिल्म्सले निर्माण गर्न लागेको यस फिल्मलाई प्रकाश कर्णले लेखन तथा निर्देशन गर्नेछन् भने पटकथा वर्षा पौडेलले तयार पारेकी छिन् । कर्ण र पौडेल दुवै यसमा रचनात्मक निर्देशकको भूमिकामा रहनेछन् । फिल्ममा सौगात मल्लसँगै सोफी धरेलले प्रमुख अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी छन् । सोफीसँगै सुधन पोखरेल पनि मुख्य पात्रको रुपमा देखिनेछन् ।

निर्माणमा रक क्यास्टर स्टुडियो संलग्न रहेको यो प्रोजेक्टको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई