काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको छ। ठमेल र महाराजगन्ज क्षेत्र केन्द्रित अपरेसन अन्तर्गत चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनसहित ४७ भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। चक्रे मिलन, महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ सालको वैशाख २६…