काठमाडौं । काठमाडौंमा जारी शैक्षिक आन्दोलन चर्किंदै जाँदा, आन्दोलनरत शिक्षकहरूले अब कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने घोषणा गरेका छन्। नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासँग सम्बन्धित सबै जिम्मेवारी—जस्तै केन्द्राध्यक्ष, निरीक्षक लगायतका भूमिका-बहिष्कार गर्न सम्पूर्ण शिक्षक, प्रधानाध्यापक तथा शैक्षिक कर्मचारीलाई निर्देशन दिएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा उत्तरपुस्तिका…