८ जेष्ठ २०८२, बुधबार । May 22, 2025

बाल यौन दुर्व्यवहार आरोपमा सफाइ: रामबहादुर बम्जन उच्च अदालतको फैसलापछि रिहा



काठमाडौं । उच्च अदालत जनकपुरले लामो समयदेखि बाल यौन दुर्व्यवहार आरोपमा जेलमा रहेका रामबहादुर बम्जनलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत सर्लाहीको पूर्व फैसलालाई उल्ट्याउँदै बम्जनसहित अन्य दुई जनालाई आरोपमुक्त गरेको हो।

यो फैसलापछि सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका बम्जन चैत ७ गते बिहानै रिहा भएका हुन्।

बम्जनमाथि रौतहटकी गंगामाया तामाङले आफूमाथि बाल्यकालमा भएको यौन शोषणको आरोप लगाउँदै १८ वर्ष पुगेपछि जाहेरी दिएकी थिइन्। घटनाको मिति २०७३ साउन २० गते देखाइएको थियो भने जाहेरी २०७६ असोज २३ मा दर्ता गरिएको थियो।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर बम्जनले आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका थिए, जसमा अदालतले मुद्दाको आधारमा नै कानुनी त्रुटि रहेको ठहर गरेको हो।

उच्च अदालतको ठहरमा उल्लेख गरिएको छ कि जाहेरी कानुनी हदम्याद उल्लङ्घन गर्ने किसिमको भएकाले मुद्दा अमान्य ठहरिन्छ। अदालतले ‘वादीकर्ता नेपाल सरकारको पुनरावेदन दाबी कायम हुन नसक्ने’ भन्दै बम्जनलाई सफाइ दिएको हो।

यससँगै, विवादमा रहेका बम्जनले अब स्वतन्त्र जीवन बिताउने बाटो खुलेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी