४ असार २०८३, बिहिबार । June 18, 2026

ललिता निवास जग्गा प्रकरण

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ


४ बैशाख २०८२, बिहिबार  

18
Shares

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेसहितको कानुनी टोलीले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डे रहेको पूर्ण इजलासमा सुनुवाइ तय भएको हो।

रिटमा पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईसहित, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई विपक्षी बनाइएको छ।

२०७६ मा सार्वजनिक भएको यस प्रकरण अनुसार, २०६६/६७ मा प्रधानमन्त्री रहेका माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट ललिता निवासको जग्गा भूमाफिया र नक्कली मोहीलाई सट्टाभर्ना दिने निर्णय गरेका थिए। त्यसैगरी, २०६९ मा प्रधानमन्त्री हुँदा डा. भट्टराईले ललिता निवासको करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा कायम गराउने निर्णय गरेका थिए।

त्यसक्रममा तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालले नक्कली मोही खडा गर्न भूमिका खेलेको आरोपसहित उनीविरुद्ध पनि कारबाहीको माग गरिएको छ।

सुनुवाइपछि अदालतको निर्णयले यस प्रकरणले नयाँ मोड लिने अनुमान गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा