८ जेष्ठ २०८२, बुधबार । May 22, 2025

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न



नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा तथा बर्दघाट नगरपालिकाको सहयोग र पतञ्जलि योग समिति त्रिनेत्रधाम जिमिरेभारको सहकार्यमा बर्दघाट – १४ स्थित सभाहलमा सञ्चालित पाँच दिने निःशुल्क योग विज्ञान शिविरको तेस्रो दिनको कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ।

शिविरमा बर्दघाट – १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता सन्तु गाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा त्रिनेत्र केन्द्रका अध्यक्ष चिरञ्जीवी सुवेदी, पतञ्जलि योग समिति जिल्ला कार्यसमितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जिमिरेभार, गोपिगञ्ज, पञ्चनगर, बर्दघाट – १३ लगायतका केन्द्रहरूबाट आएका योग साधक–साधिकाहरूको सक्रिय सहभागिता रहेको शिविरमा तेस्रो दिनको प्रशिक्षण नवलपरासी महिला पतञ्जलि योग समितिकी अध्यक्ष जीवनकला गौतम भुसालले दिइन्।

उनले शरीर, मन, भावना र चेतनाको समुचित विकासले मात्र पूर्ण स्वास्थ्य प्राप्त हुने बताउँदै भनिन्, “ठूला घर र बाटोघाटो मात्रै विकास होइन। मानव सभ्यता, चरित्र, भावना र स्वास्थ्यको विकास पनि उत्तिकै महत्वपूर्ण छ। जब शरीर, मन, भावना र चेतना शुद्ध हुन्छन्, तब मात्र असल नागरिकको निर्माण सम्भव हुन्छ।”

शिविर मार्फत व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको आयोजकले जनाएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी