काठमाडौं । श्रमिक वर्गको अधिकार र योगदानको सम्मानस्वरूप आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस, अर्थात् ‘मे दिवस’ नेपालसहित विश्वभर मनाइँदैछ। नेपाल सरकारले यस अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यो दिवसको सुरुवात सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनबाट भएको मानिन्छ। “आठ घन्टा काम, आठ घन्टा आराम, आठ घन्टा मनोरञ्जन” भन्ने नारासहित…