३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि


१५ बैशाख २०८२, सोमबार  

39
Shares

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा गिरावट आएको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेर २६४७ अंकमा पुग्यो। कारोबारको शुरुमा बजार २६७६ अंकमा पुगेको भएता पनि त्यसपछि निरन्तर घट्दै गयो। कारोबार रकम पनि घटेको छ, अघिल्लो दिनको १० अर्ब ८७ करोडबाट आज ८ अर्ब ९१ करोडमा झरेको छ। ७८ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ।

यसबाहेक, केही समयदेखि निराशाजनक देखिएको फाइनान्स सेक्टरमा भने हल्का सुधार देखिएको छ। फाइनान्स क्षेत्र सबैभन्दा धेरै १.४० प्रतिशत बढ्यो, भने व्यापार क्षेत्र पनि ०.४२ प्रतिशत बढेको छ। तर, अन्य सबै सेक्टर घटेका छन्। लगानी क्षेत्र सबैभन्दा धेरै २.१४ प्रतिशत घटेपछि बैंकिङ, विकास बैंक, होटल र पर्यटन, हाइड्रोपावर, बीमा र उत्पादन सेक्टरमा पनि गिरावट आयो।

दुई कम्पनी – नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। मध्यभोटेकोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तका मूल्य पनि क्रमशः बढेका छन्। तर, सप्तकोशी विकास बैंक र युनिभर्सल पावर जस्ता कम्पनीहरूको मूल्यमा ८.४५ प्रतिशत र ४.८० प्रतिशतको गिरावट आएको छ।

बजारमा धेरै रकमको कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर रहेका छन्।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि