२३ मंसिर २०८२, सोमबार । December 8, 2025

पेट्रोल र डिजेलको मूल्यमा भारी गिरावट, लिटरमा कति पुग्यो ?

काठमाडौं । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय ५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १ सय ४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ…