१ श्रावण २०८२, बुधबार । July 16, 2025

उकालो यात्रामा सुनको भाउ, तोलामा ५ सयले बढ्दै बनायो नयाँ रेकर्ड



काठमाडौं । सोमबार (आज) स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको छ ।

अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ ३० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश