१० माघ २०८१, बिहिबार । January 23, 2025

वीरगंजमा खुल्यो सिप्रदीको नयाँ शोरुम, पन्च ईभीको डेलिभरी सुरू



वीरगंज। सिप्रदी ट्रेडिङ प्रालिको नयाँ शोरुम वीरगंजमा खुलेको छ । कम्पनीको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सले वीरगंजमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संयुक्त रूपमा गरेका हुन् । पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगंजमा नयाँ शोरुमको उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए ।

साथै, उक्त अवसरमा यसअघि पन्च ईभी बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो । टाटा पन्च ईभीको सुरूआती मूल्य मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च ईभीको यो भेरियन्टमा दुई सेगमेन्ट माथि गाडीको जस्तै भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटोः एप्पल कार प्ले लगायत फिचर्स छन् ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । यसले बीएनक्याप ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ