९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एक घण्टा भित्र नयाँ पार्टस् दिन नसके निःशुल्क फेरिदिने टीभीएसको घोषणा



काठमाडौं । टीभीएसले १ घन्टामा नेपालको कुनैपनि कुनामा मोटरसाइकल तथा स्कुटरको पार्टस् नपाए निःशूल्क पार्टस् उपलब्ध गराउने योजना ल्याएको छ ।

कम्पनीले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले संचालनमा ल्याएको एप मार्फत ग्राहकले आफ्नो पार्टस अर्डर गर्न सक्ने छन् । बजारमा टीभीएसका पार्टस पाइदैन भन्ने निराधार हल्लाको भएको भन्दै कम्पनीले ६० मिनेटमा ग्राहकले आफ्नो बिग्रिएको पार्टस् उपलब्ध नपाएको खण्डमा सित्तैमा ग्राहकले पार्टस् पाउने जनाएको छ ।

जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल तथा स्कुटरको डिलरशीपका रुपमा काम गर्न थालेको ९ वर्षमा टीभीएस नेपालकै सबैभन्दा छिटो ग्रोथ हुने कम्पनीका रुपमा रहँदै आएको र टीभीएस अहिले दोस्रो नम्वरमा रहेको कम्पनीको दावी छ ।

टीभीएसले आयोजना गरेको उक्त कार्यक्रममा तीन मोडलका बीएस ६ मोटरसाइकल तथा स्कुटर सार्वजनिक समेत गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी