काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत भदौ…