२३ माघ २०८२, बिहिबार । February 5, 2026

नेप्सेमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६.४९ अंकको वृद्धि हुँदै नेप्से २,७२२.७३ विन्दुमा पुगेको छ। आज ३११ कम्पनीका २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर ९० हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ नाघेको छ। सेयर बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो।…