काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । खेल दिउँसो २ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबई देशका लागि दोस्रो खेल हुनेछ । आफ्नो पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आजको खेल पनि हारेमा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित जस्तै हुनेछ ।…