१ आश्विन २०८३, बिहिबार । September 17, 2026

च्याम्पियन्स ट्रफीः न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हरायो, भारत र न्युजिल्याण्ड सेमिफाइनलमा


१२ फाल्गुन २०८१, सोमबार  

516
Shares

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको ।

बंगलादेशले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए ।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए ।

यो जितपछि समुह ए बाट न्यूजील्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ