११ असार २०८३, बिहिबार । June 25, 2026

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त


१८ फाल्गुन २०८१, आइतबार  

135
Shares

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो र कविता कुँवर रुपन्देहीको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् ।

निजी क्षेत्रबाट निर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुँवरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकाबीच सम्झौता गरेका हुन् ।

कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुँवरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महशुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।

एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यू-१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर