४ असार २०८३, बिहिबार । June 18, 2026

च्याम्पियन्स ट्रफीः अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द


१३ फाल्गुन २०८१, मंगलबार  

48
Shares

काठमाडौं । च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

मंगलबार रावलपिन्डी स्टेडियममा हुने तय भएको खेल टससमेत हुन नसकी रद्द भएको हो । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल रद्द भएसँगै दुवै टिमले १(१ अङ्क बाँडेका छन्। समूह ‘बी’ को अंकतालिकामा दक्षिण अफ्रिका शीर्ष स्थानमा र अस्ट्रेलिया दोस्रो नम्बरमा रहेका छन्। दुवै टिमले आफ्नो पहिलो खेल जितेका थिए।

इंग्ल्यान्ड र अफगानिस्तान भने पहिलो जितको खोजीमा रहेका छन्। अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको थियो। उसले प्रतियोगिताकै प्रतिस्पर्धात्मक र च्याम्पियन्स ट्रफी इतिहासकै उच्च रन चेज गर्दै कीर्तिमानी जित निकाल्न सफल भएको थियो।

त्यसो त न्यूजिल्यान्डले पनि अफगानिस्तानलाई हराएर विजयी सुरुवात गर्न सफल भएको थियो। अब भोलि अफगानिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा