काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले उत्कृष्ट लय कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै पञ्जाबले अंकतालिकामा दोस्रो स्थान ओगटेको छ। १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि प्रभसिमरन सिंहले तिव्र गतिमा रन जोडे। उनले २३ बलमै अर्धशतक पूरा गर्दै ९ चौका र…