काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहान ३ः४५ मा भएको खेलमा उरुग्वे र साउदी अरब बराबरीमा रोकिएका छन् ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् । साउदीले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलो खेलपछि समान एक अंक जोडेका छन् । यसअघि स्पेन र केप भर्डे पनि १–१ को बराबरी खेलेका थिए ।







प्रतिक्रिया