२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा विश्वकप २०२६ः बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा जापान


१ असार २०८३, सोमबार  

30
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ ।

डाइची कमादाले खेलको अन्तिम समयमा गरेको महत्त्वपूर्ण गोलको मद्दतमा जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्न सफल भएको हो । खेलको ८८औं मिनेटमा कोकी ओगावाको कर्नरमा कमादाले उत्कृष्ट हेडर गोल गर्दै जापानलाई महत्त्वपूर्ण एक अंक दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल निकै रोमाञ्चक बन्यो।

५०औं मिनेटमा कप्तान भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। तर, सात मिनेटपछि जापानका केइटो नाकामुराले ताकेफुसा कुबोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ६४औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए। त्यसपछि जापान हारतर्फ उन्मुख देखिएको थियो।

तर, अन्तिम समयमा कमादाले हेडर गोल गर्दै टोलीलाई हारबाट जोगाए। अब नेदरल्यान्ड्सले शनिबार ह्युस्टनमा स्विडेनसँग खेल्नेछ भने जापानले मेक्सिकोको मोन्टेरेमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ