१ कार्तिक २०८३, आइतबार । October 19, 2026

फिफा विश्वकप २०२६ः बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा जापान


१ असार २०८३, सोमबार  

30
Shares

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ ।

डाइची कमादाले खेलको अन्तिम समयमा गरेको महत्त्वपूर्ण गोलको मद्दतमा जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्न सफल भएको हो । खेलको ८८औं मिनेटमा कोकी ओगावाको कर्नरमा कमादाले उत्कृष्ट हेडर गोल गर्दै जापानलाई महत्त्वपूर्ण एक अंक दिलाए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल निकै रोमाञ्चक बन्यो।

५०औं मिनेटमा कप्तान भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। तर, सात मिनेटपछि जापानका केइटो नाकामुराले ताकेफुसा कुबोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ६४औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए। त्यसपछि जापान हारतर्फ उन्मुख देखिएको थियो।

तर, अन्तिम समयमा कमादाले हेडर गोल गर्दै टोलीलाई हारबाट जोगाए। अब नेदरल्यान्ड्सले शनिबार ह्युस्टनमा स्विडेनसँग खेल्नेछ भने जापानले मेक्सिकोको मोन्टेरेमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि