झापा । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा भएको छ । गएराति देखि परेको अविरत बर्षाका कारण यतिबेला झापाका विभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ । झापाको चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार झापामा हालसम्म ३ सय २ मिलिमिटर बर्षा भएको छ । यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला…