२२ आश्विन २०८१, मंगलबार । October 8, 2024

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा, हवाई उडान पुर्ण प्रभावित



झापा । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बर्षा झापामा भएको छ ।

गएराति देखि परेको अविरत बर्षाका कारण यतिबेला झापाका विभिन्न नदी तथा खोलाहरुमा बाढी आएको छ । झापाको चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार झापामा हालसम्म ३ सय २ मिलिमिटर बर्षा भएको छ ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । यद्यपी मोटरसाइकल चालक सोही ठाउँमा बस्ने २७ बर्षीय रवीन भट्टराई भने सकुशल रहेका छन् ।

निरन्तरको बर्षाले झापामा हवाई उडान समेत प्रभावित भएको छ । शुक्रबार झापाको चन्द्रगढी विमानस्थलमा कुनैपनि उडान तथा अवतरण नभएको विमानस्थल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजदेखि काठमाडौंमा पुनः मेलम्चिको पानि आउने

काठमाडौं । सरकारले मंगलबार (आज बेलुका) बाट पुनः काठमाडौंमा पानि

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको

फ्लाई दुबईले २४ कात्तिकदेखि हप्ताको सातै दिन भैरहवा उडान गर्ने

भैरहवा । आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

न्यरोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्दै नेपाल एयरलाइन्स, कति छ भाडादर ?

काठमाडौं । नेपाल वायु सेवा निगमले फुलपातिको दिनबाट काठमाडौं भैरहवा

एकदिवसीय सिरिजः अन्तिम खेलमा आयरल्यान्ड विजयी, उपाधि दक्षिण अफ्रिकाको पोल्टामा

एजेन्सी । आयरल्यान्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण