२ फाल्गुन २०८१, शुक्रबार । February 15, 2025

भोटेकोशीले पार गर्यो सतर्कता तह, सुरक्षित भएर बस्न तटीय क्षेत्रका बासिन्दालाई आग्रह



सिन्धुपाल्चोक । भोटेकोशी नदीले सतर्कताको तह पार गरेको छ ।

बाह्रविसे जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको देखिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केहीबेरअघि सूचना जारी गर्दै जलाधार क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले जलसतह बढ्दो क्रममा रहेको जनाएको छ।

सो नदीको तटीय क्षेत्रमा रहनेहरुले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले शनिबार बिहान ३ः ५० बजे सूचना जारी गर्दै बढ्दो क्रममा रहेका नदी तटीय क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले आज साँझसम्म नै सतर्कता अपनाउन अपिल गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर