काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहर केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । यस्तै अन्य जिल्लामा…