काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदलीको अवस्था रहेकाले थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ। दिउँसो देशका…