४ असार २०८३, बिहिबार । June 18, 2026

विपिनको खोजमा आमा र बहिनी इजरायलमा, संयुक्त राष्ट्रसंघमार्फत दबाब दिने तयारी


२७ श्रावण २०८२, मंगलबार  

12
Shares

काठमाडौं । कञ्चनपुरका विपिन जोशीको खोज र रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका छन्।

इजरायल सरकारले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रसंघसम्म मुद्दा लैजान आमा–छोरीलाई निम्त्याएपछि उनीहरू इजरायल प्रस्थान गरेका थिए। तेलअविवस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको स्वागत इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले गरे।

पत्रकारहरूसँग भावुक हुँदै विपिनकी आमा पद्माले भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। कृपया उहाँलाई मुक्त पारेर हामीसँगै घर फर्काइदिनुहोस्।” त्यसैगरी बहिनी पुष्पाले भनिन्, “दाजु पढ्नका लागि मात्र यहाँ आउनुभएको थियो, कसैसँग दुश्मनी छैन। कृपया उहाँलाई विनासित्ती नराख्नुस्।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका २२ वर्षीय विपिन जोशी कृषि शिक्षाको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। तर, ७ अक्टोबर २०२३ मा हमास लडाकु समूहले दक्षिण इजरायलको किबुजमा आक्रमण गर्दा उनी बेपत्ता भए। सो आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना बन्धक बनाइएका थिए। युद्धविरामका क्रममा केहीलाई मुक्त गरिए पनि विपिन अझै पनि बन्दी अवस्थामा छन्।

नेपाल सरकारले कूटनीतिक पहल गर्दै आएको भए पनि उनको अवस्थाबारे स्पष्ट जानकारी छैन। इजरायली अधिकारीका अनुसार, आमा–छोरीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाइनेछ। साथै, प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग भेट गराउने तयारी गरिएको छ।

उनीहरूलाई विपिन अपहरण भएको किबुज क्षेत्रमा लगेर घटनाबारे प्रत्यक्ष जानकारी दिइने बताइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा