२३ आश्विन २०८३, शुक्रबार । October 9, 2026

देशभर श्रद्धा र भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


३१ श्रावण २०८२, शनिबार  

12
Shares

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्म भएको विश्वास गरिने श्रीकृष्णलाई ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रवर्तकका रूपमा मानिन्छ । त्यसैले यो दिनलाई जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनेर विशेष रूपमा मनाइन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, प्रवचन, भजनकीर्तन भइरहेका छन् भने महिलादेखि पुरुषसम्म व्रत बसेर जाग्राम गर्ने परम्परा रहिआएको छ ।

मानवलाई अन्याय र अत्याचारबाट रक्षा गर्न विष्णुको आठौँ अवतारका रूपमा प्रकट भएका श्रीकृष्णले सत्य र सत्कर्मप्रतिको आस्था जगाउन जीवनभर योगदान दिएको धार्मिक विश्वास छ । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेशकै आधारमा ‘श्रीमद्भागवत गीता’ जस्तो महत्त्वपूर्ण ग्रन्थ अस्तित्वमा आएको हो, जुन विश्वकै धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थ मानिन्छ ।

कृष्णको बाल्यकालीन लीलादेखि दानवी प्रवृत्तिको संहारसम्मका कथा पुराणहरूमा उल्लिखित छन् । यस अवसरमा पाटनको प्रसिद्ध कृष्ण मन्दिर, कागेश्वरी मनोहराको नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिरलगायतका स्थानमा ठूलो भीड लागेको छ ।

राजधानीका विभिन्न धार्मिक संघ–संस्थाले झाँकीसहित शोभायात्रा र रथयात्रा आयोजना गर्ने परम्परा पनि कायम छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि