८ चैत्र २०८२, आइतबार । March 22, 2026

काठमाडौंमा प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त

काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको छ। गणतन्त्र समर्थक समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेको छ भने राजावादीहरूले कोटेश्वरको तीनकुनेमा प्रदर्शन गर्दैछन्। यसका कारण, काठमाडौंका विभिन्न स्थानमा सवारी रुट डाइभर्ट गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार, रत्नपार्कबाट भद्रकाली जाने सवारी रुट डाइभर्ट गरिएको छ…