२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

आजको मौसम पूर्वानुमान: पहाडी भागमा आंशिक बदली र वर्षा हुने सम्भावना


१२ चैत्र २०८१, बुधबार  

81
Shares

काठमाडौं। अहिले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ कि देशका पहाडी भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, जबकि बाँकी भूभागमा मौसम सफा रहने प्रक्षिप्त गरिएको छ। महाशाखाले आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

यस परिस्थितिका कारण, महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाईउड्डयन क्षेत्रमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिँदै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६