ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ। पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको यो रथयात्रा आज पाटनको पुल्चोकबाट सुरु भई गाबहालसम्म पुर्याइँदैछ। १६८२ वर्ष पुरानो मानिने यो परम्परा अक्षय तृतीयको भोलिपल्टदेखि सुरु हुने चलन अनुसार आज प्रारम्भ भएको हो। रथलाई गाबहालसम्म तानेपछि परम्पराअनुसार शनिबार मंगलबजारसम्म तानिनेछ। रथ…