मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा मंगलबार दिउँसो एक यात्रुवाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दुर्घटना दिउँसो करिब १ बजे भएको हो। चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर ब्रेक फेल भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…