२३ जेष्ठ २०८३, शनिबार । June 6, 2026

पूर्व श्रीमानले गरे दुई बच्चासहित पूर्व श्रीमतीको विभत्स हत्या


१४ जेष्ठ २०८२, बुधबार  

174
Shares

बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरको होराइजन चोक नजिकैको मिलिजुली पथमा मंगलबार बिहान एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ।

प्रहरीका अनुसार ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्व पत्नी दिपा बस्याल र उनका दुई छोरीहरू—७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको चक्कु र घन प्रहार गरी निर्मम हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न अभियुक्त कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

दिपा बस्यालले सुजन कोइरालासँग सम्बन्धविच्छेद गरेपछि पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। मृतक दुई बालिका दिपा र शंकर ढकालका सन्तान हुन्। डिएसपी रानाका अनुसार, सुजनले पूर्व पत्नी र बालिकालाई आफ्नो घरमा बोलाएर योजनाबद्ध रूपमा बिहानै हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानमा चक्कु र घन प्रयोग गरेर हत्या गरिएको खुलेको छ।

घटनाले सम्पूर्ण बुटवल क्षेत्र स्तब्ध बनेको छ। मृतक परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय बासिन्दा र समाजले न्यायको माग गरिरहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६